पानी मुनी विवाहः प्रेम र रोमान्सका प्रतिक
विश्वका २८ वटा मुलुकहरूवाट प्रतिनीधित्व गरी आएका ३० यूगल जोडीहरूले यस वर्ष भेलाइनटेन डे को दिन समुद्रको १० मीटर गहिराई भित्र औपचारिक रुपमा विवाह दर्ता गरी विश्वमा नै एउटा नयाँ कीर्तिमान कायम गरे । थाईल्याण्डको दक्षिणभागमा रहेको त्राङ्ग भन्ने ठाउमा सम्पन्न उक्त विवाह संसारकै सबैभन्दा बढी जोडीहरूले पानी मुनी विवाह गरेकोरुपमा गिनीस बुक अफ रिकर्डमा पनि दर्ता हुने छ ।
थाईल्याण्डको राजधानी बैककवाट ८०० कि.मि. टाढामा रहेको त्राङ्ग एउटा अत्यन्त सुन्दर शहर हो जस्को वरिपरिरहेका टापुहरू Diving यसका समुन्दीय तटको निम्ति प्रसिद्ध छ ।
तिस जना यूगल जोडीहरूको सम्पूर्ण खर्च थाई इयरओयज र अन्य प्रायोजकहरूले व्यहोरेको उक्त Underwater Wedding फाल्गुन २ गते अन्डामन सागरमा अवस्थित कोक्रान्दान टापुमा थाई परम्परा अनुसार सम्पन्न भयो ।
अक्सिजन माक्स लाएर दश, दश जोडीको ३ समुहले क्रमश पानी भित्र पसि आधा धण्टासम्म विवाहको औपचारिकता पुरा गरे ।
थाई पहिरमा नै सजिएको दुलहा दुलहिहरूलाई त्राङ्ग क्षेत्रका उच्च पदस्थ सरकारी कर्मचारीहरूले विवाह दर्ता प्रमाण पत्र पानी मुनी नै हस्ताक्षर गरी दिएको थियो । पानी मुनी नै टेवल र मेच राखिएको उक्त विवाह मण्डपमा औपचारिता निभाएपछि नव विवाहित जोडीहरूले चुम्वन गरी आफ्नो नयाँ जीवनलाई नयाँ आयाम दिए । उक्त ठाउँमा आउनका लागि विशेषरुपमा सिगारिएको जहाजको व्यबस्था गरिएको थियो जसमा आउन करिवन १ घण्टा समय लागेको थियो । उक्त विवाह हेर्न विभिन्न ठाउहरूवाट मानिसहरू साना साना डुङ्गाहरूमा आएका थिए । उक्त विवाह करिव ६ धण्टा लामो समयसम्म चलिरह्यो ।
विवाह हुन १ दिन अधि थाई इयरओयजका विशेष विमानवाट ती यूगल जोडीहरूलाई बैककवाट त्राङ्ग ल्याईयो जसलाई थाई भेष भुसामा सजिएकी कन्याहरूले नाच एवं मंगलधुन वजाई विमान स्थलमा स्वागत गरेका थिए । त्यसपछि उनीहरूलाई टाउनहलवाट ३० वटा सजि सजाऊ हात्तीमा चडाई टुम्रिनटाना होटलमा लगिए । हात्तीका अधि अधि थाई परम्परा अनुसार विवाहका शोभायात्रा लगिएको थियो ।
त्राङ्ग क्षेत्रका वासिन्दाहरूले उक्त विवाहलाई फूलहरू बर्साई भव्यरुपमा स्वागत गरेका थीय । विश्वमा नै अनौठो मानिने पानी मुनिका विवाह आफैमा एक अत्यन्त रोचक एवं रोमान्चकारी दृश्य थियो । विभिन्न मुलुकका जोडीहरूले थाई परम्परा अनुसार नै विवाह गरेको देख्दा धेरै पर्यव्यक्षकहरू चकित परेका थिए । उक्त विवाहका समाचार संकलन गर्न ५० जनाभन्दा बढी अन्तर्राष्ट्रिय पत्रकार फोटोग्राफर एवं टेलिभिजन कर्मीहरू विभिन्न मुलुकहरूवाट आएका थिए ।
त्राङ्ग क्षेत्रका पर्यटन विकासका निम्ति गरिएको यो अनौठो कार्यलाई धेरै पत्रकारहरू मुग्ध कण्ठले प्रशंसा नगरी बस्न सकेनन । निशुल्क रुपमा सम्पन्न गरेको यो विवाहमा भाग लिन आउने जोडीहरू विश्वका विभिन्न मुलुकहरूवाट छानिएर आएका थिए । यस विवाहमा भाग लिन आउने दुवै दम्पतीहरूलाई Diving Lincense अनिवार्य गरिएको थियो । उक्त कार्यक्रम आगामी वर्ष पनि भेलाइनटाइन डे को दिनमा नै आयोजना गरीने आयोजकहरूले जानकारी दिएका थिए ।
(द काठमाडौ पोष्टका सम्वादाता श्रीशरद प्रधान Underwater Weddingमा पत्रकारको रुपमा भाग लिनु भएका थिए)

0 Comments:
Post a Comment
<< Home